“पियारी “फिमेल भर्सन लाईमलाईट नेपाल युटुब च्यानलबाट सार्वजनिक(भिडियो)

0
171

काठमान्डौ । नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा दिनप्रतिदिन गित संगीत बजारमा आईरहेका हुन्छन । केहि समय अगाडि मेल भर्सनमा जोसेफ शाहीको स्वरमा बजारमा आएको गित”पियारी’ले निकै चर्चा कमाएको थियो । सो गीतको म्युजिक भिडियो देबेन्द्र कुवरले निर्देशन गरेका थिए भने सरस्वति फुयाल र प्रकाश चन्दको अभिनय रहेको त्यो गीतको म्युजिक भिडियो लाईमलाईट नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको थियो । “पियारी “फिमेल भर्सन सार्वजनिक भएको दुईहप्ता पुग्दा करिब १४ लाख नजिक भिउज पुगेको छ । अझै भन्दा १४ लाख दर्शक स्रोताले माया गरेका छन् ।

पछिल्लो समय नेपालमा चलिरहेको रियालिटी सो द भ्वाईस अफ नेपालमा धर्बेंद्र सुनारको प्रस्तुति आईसके पछी यो गीतको झन् चर्चा चलेको थियो । नेपालि गित संगीतको क्षेत्रमा निकै नै रुचाईएकि सुमधुर स्वरकी ध्वनि गायिका विशाखा शाही ठकुरीको स्वरमा”मायाले नै हो पियारा’बोलको फिमेल भर्सनमा कभर गित सार्वजनिक भएको छ । अस्मिता सेन्चुरी,पशुपति खनाल र गायिका विशाखा शाही म्युजिक भिडियोमा देखा परेकी छन् ।

आकाश र नरेश महत्तोले छायांकन गरेको म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने रिना लिम्बुले श्रीगार गरेकी छन् । आशा छ यो गित पनि बिगतका गित झैँ चर्चाको सिखरमा पुग्ने छ । हेर्नुहोस भिडियो :

LEAVE A REPLY