गायक नरेश रेग्मीको ‘क्यार्नि होला खै’ गीतलाई दर्शकले माया दिइरहेका छन्

0
287

गायक नरेश रेग्मीको ‘क्यार्नि होला खै’ बोलको गित सार्वजनिक भएको छ । रेग्मीले आफ्नो जन्म दिन को अबसर पारी भिडियो सार्बजनिक गरेका हुन् । यस अघि केही लोकदोहोरी गीत गाएका रेग्मी चिरपरिचित मोडल हुन। रेग्मीको सुगम संगीत तर्फ को यो पहिलो यात्रा हो । दाङ घर भएका रेग्मी हाल अस्ट्रेलिया बस्दै आएका छन् । लोकराज अधिकारीको शब्द रहेको गीतलाई दीपक शर्माले संगीत भरेका छन् भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । सन्तोष राजवाहकको नृत्य निर्देशनमा बनेको भिडियोलाई राम कुमार केसीले छायाङकन गरेका हुन् । भिडियोमा टिकटकवाट कलाकारीतामा प्रवेश गरेका विमल शाही र नाङ्मा श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ । शाही को यो डेब्यु भिडियो हो । प्रसिद्द गीतकार लोकराज अधिकारी र संगीतकार दिपक शर्मा सङ्ग सहकार्य गर्ने मौका पाएको भन्दै मोडल शाही ले खुशी ब्यक्त गरेका छन । भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका हुन् । एन आर क्रियसन युट्युव च्यानलबाट बजारमा आएको गीतलाई दर्शकले माया दिइरहेका छन् ।

LEAVE A REPLY