प्रेम परियार र केशब एकैसाथ भिडियोमा

0
117

४ वर्षअघि ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर चर्चाको शिखरमा पुगेका चर्चित गष्यक प्रेम परियारले नयाँ गीत बजारमा ल्याएका छन् । गीतमा प्रेमबाहेक केशव भावुकको आवाज रहेको छ ।‘कस्को भरमा’ बोलको नयाँ गीत मा उनले गरिबीको पीडा पोखेका छन् ।सुधा मरहट्टाको शव्द रचना तथा केशव भावुककै संगीत रहेको उक्त गीतको भिडियोमा भने गायकद्वय प्रेम र केशवकै अभिनय देख्न सकिन्छ ।

दुवै गायकबाहेक सो म्युजिक भिडियोमा रमा थपलिया र आरती सिंहको भूमिका पनि छ ।यस गीतको भिडियो टेकेन्द्र शाहको निर्देशनमा बनेको हो । भिडियोमा धनी र गरिबको खाडलको विषय मिसाएर गरिबीको पीडा पोखिएको छ ।गीतमा रामकुमार केसीको सिनेमाटोग्राफी रहेकोछ ।

 

LEAVE A REPLY