नयाँ गीत “फुलको सामु” सार्बजनिक (भिडियो सहित)

0
211

लामो समय देखि नेपालि गीत संगीतमा अनबरत रुपमा काम गर्दै आएका एक कुशल गायक हुन् गायक गंगाधर पराजुली । “थियो मेरो पहिलो माया” “प्रेमको बर्षा भो” अनि “प्यासी प्यासी” लगाएतका गीत बाट चर्चा पाएका थिए ।

पछिल्लो समय यिनै पराजुलीको आवाजमा रहेको नयाँ गीत “फुलको सामु” सार्बजनिक भएको छ । गीतमा कुशल गीतकार डा. कृष्णहरि बरालको शब्द रचना अनि कुशल संगीतकार वसन्त सापकोटाको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

यस्तै उत्सव दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन लोकेश थापाको मेकअप अनि माईकलको प्रोडक्सन रहेको छ । प्रकाश धितालको निर्देशनमा रहेको यस गीतको भिडियोमा आरति आचार्य अनि मनोज ओलीको अभिनय रहेको छ ।

LEAVE A REPLY