जयन्द्र शेरचनको गीति एल्बम “दृष्टिबिहिन” यो जुनीमा दृष्टिबिना सार्वजनिक (भिडियो सहित)

0
5985

समाजसेवी एवंम यस गिति एल्बम “दृष्टिबिहिन” का निर्माता जयन्द्र शेरचन ब्रिट्रीस आर्मी 1/2 GR बाट अवकाश प्राप्त गरेका हुन । समाजमा स्वच्छ काममा निपुण गर्नुको साथै अति कोमल स्वभावका हुनु हुन्छ । हालमा वहाँ सुन्धारा पिपलबोट स्थित आफ्नै निजि होटेल व व्वसायिक काम चलाउदै आएका छन् ।

उहाको होटेलको नाम राजधानी एन्ड रेस्टुरेन्ट मार्फत ग्राहक हरुलाई सेवा दिदै आएका पनि छन। अनि बिगत दुई साल पहिले सङ्गितकार निर प्रसाद गुरुङ्गको फेसबुक मार्फत दृष्टिबिहिन सुस्मिताको लाइफ गायन गरेको नोटिफिकेसन देखा परेछ, त्यो गित सुनेर जयन्द्र शेरचन अति भावुक बनेछ। संयोगवस यहि गित सङ्गितकार निर प्रसाद गुरुङ्गले शेरचन जीलाई शेयर गरेको क्रममा नै अचनक यस गितलाई आफैले लगानी गरेर एउटा दृष्टिबिहिन सुस्मिता राई लाई नै स्वयमकै आवाज राखेर नव प्रतिभा लाई सहयोग गर्ने आत्मा बिचार जाग्यो अनि स्वयम जयन्द्र शेरचनले “दृष्टिबिहिन” एल्बम नाम दिएर बजारमा ल्याएका छन्। यस गितको प्रस्तुतकर्ता आफ्नै धर्मपत्नी शेरचनले गरेका छन।

यो गितको शब्द र सङ्गीत निर प्रसाद गुरुङ्गले दृष्टिबिहिन सुस्मिता राईकै वास्तविक पृष्ठभुमि जीवनीलाई समेटेर अति सुन्दर सब्द कोरेका हुन । यो गितको सङ्गीत संयोजन पावल चाम्लिङ्ग राईले अति सुन्दरले सजाएर गरेका छन् । कलाकारमा एकल अभिनय चर्चित मोडेल एवंम नायीका उर्मिला गुरुङ्ग “पङ्गिलामा” ले एउटा निपुर्ण दृष्टिबिहिनको रोल निभाएकी छिन्। छायांकन उत्सव दाहाल, सम्पादन निशान घिमिरेको छ भने यस भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन्।

LEAVE A REPLY