कमल र श्रेयाको रोमान्स प्रतापको नयाँ गीतमा (भिडियो सहित)

0
284

नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासको आवाजमा रहेको रहेको नयाँ गीत ‘लेखे एउटा गीत मैले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्बजनिक भएको गीतमा हरि पराजुलीको शब्द रचना तथा सरोज पोखरेलको संगीत रहेको छ भने आमोङ तामाङको एरेन्ज, साजन शाहको मिक्सिङ र मास्टरिङ छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । भिडियो केदार धितालको निर्देशनमा बनेको छ भने श्रेया कार्की र कमल सिंहको अभिनय रहेको छ । यस्तै बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।
भिडियोमा दुई प्रेमीको बाल्यकालिन समयदेखि युवावस्थासम्मको प्रेमलाई देखाइएको छ भने भिडियोमा बाल कलाकार बिराज ढकाल र आस्मा परियारलाई पनि देख्न सकिन्छ ।

LEAVE A REPLY