श्री को नयाँ गीत “मन को घाऊ निको पार्ने मलम” सार्बजनिक

0
318

कलाकार श्री लाई मन को घाऊ निको पार्न औषधि नचाहिने ? ??? उत्कृस्ट शब्द मन छुने संगीत मिठो आवाज र विशेष फरक शैलीको काम गर्न रुचाउने निर्देशक छनोट गर्न खपिस यूवा समाजसेवी कलाकार लक्ष्मण श्री को प्रस्तुतिमा रहेको आधुनिक एल्बम “रचना” को पाचौं नम्बर को प्रतिक्षित गीत “मन को घाऊ निको पार्ने मलम हौं तिमि, यो दिल मा नाम लेख्ने कलम हौं तिमि,को भिडियो सार्वजनिक भएको छ ।

बाग्लुंग जिल्लाका लक्ष्मण श्री सबै तिर लगाएत विशेष गरि बाग्लुंग र धौलागिरीमा सामाजिक क्षेत्रमा निकै चर्चित नाम हो सबै संग मिलनसार श्री सोचाई, महसुस, इच्छा र परिभाषित गर्ने स्वभाव भएका लक्ष्मण श्री बाग्लुंग्का एक सफल उधमी/व्य​ब​साइ हुन् । लक्ष्मण श्रीको अनुपम स्वर छ ।

रचना एल्बममा समावेश गीतका गीतकार पूर्व एस.एस.पि प्रहरी बरिष्ठ उपरिक्षक मिलन बस्नेत हुन बी.बि.अनुरागीको एरेन्ज र संगित रहेको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

भिडियोमा समाजसेवी/कलाकार लक्ष्मण श्री सँगै अभिनेत्री बेनिशा हमाल देखा परेकी छिन । जसमा यी दुईले दम्दार अभिनय गरेका छन् । यस अघि करिश्मा मानन्धार,केकी अधिकारी ,पार्वती राई अन्जु निरौला, गीता राई , रचना लामा लगायत अन्य कलाकार संग काम गरिसकेका श्री क्वान्टीटी भन्दा क्वालिटीको कम गर्न रुचाउने श्री को बुझाई छ ।

अरु दुइ गीत को काम सकिऎसि गरिबका लागि काम गर्ने सामाजिक सस्था लाई सहयोग गरि बिमोचन गर्ने सोचमा छन ।लक्ष्मण श्री को सबै गीत हरु उहाकै आवाज र अभिनयमा रहेका छन् ।उहा भोलिका दिन हरुमा फिल्ममा लगानी गरि काम गर्ने योजनामा भएको हामीलाई जानकारी दिनुभयो ।

4k ultra हद प्रोडक्सनले बनाएको भिडियोमा अर्जुन तिवारीको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छन् भने यस म्युजिक भिडियोका निर्देशक हुन् निशान घिमिरे ।

LEAVE A REPLY