‘मंगलम’ मा साम्राग्यी राज्य लक्ष्मी शाह

0
644

नायिका शिल्पा पोखरेलको निर्माणमा बनेको चलचित्र ‘मंगलम’ को आज ट्रेलर  रिलिज भएको छ । ट्रेलर मा शिल्पा पोखरेल ,नायकद्वय पुष्प खड्का र पृश्वीराज प्रसाईंको फिचरिङ रहेको छ । चलचित्रमा त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको छ । नारीप्रधान चलचित्र ‘मंगलम’ को ट्रेलरमा शिल्पा र पुष्पको सशक्त अभिनय देख्न सक्छौ भने साम्राज्ञी राज्यलक्ष्मी पनि अटाएकीछिन्।

चलचित्रमा उनी बिषेश भुमिकामा रहेकीछिन् । चलचित्रमा नीर शाह, मिथिला शर्माको पनि मुख्य भूमिका छ । चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । छविराज ओझाको निर्माणमा तयार भएको चलचित्रलाइ नवल नेपालले निर्देशन गरेका हुन् ।

पछिल्लो समय विभिन्न महोत्सवहरुमा आफनो प्रचारलाई व्यापक बनाएको ‘मंगलम’ फागुन २५ मा रिलिज हुँदैछ । “पर्ख पर्ख मायालु” र “बम्पर उपहार” बोलको गीतबाट निकै चर्चामा रहेको ‘मंगलम’ ले दर्शकले साथ पाउँने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY