यस्तो देखियो प्रदीप खड्काको नयाँ चलचित्र लिलिबिलिको भिडियो

0
669

चर्चित नायका प्रदिप खड्का , प्रियंका कार्की र डेब्यु नायिका जसिता गुरुङको मुख्य अभिनय रहेको चलचित्र लिलिबिली प्रदिपकै कारण निकै चर्चा र प्रतिक्षामा रहेको चलचित्र हो । केही दिन अगाडीमात्र सुटिङ सकिएको ‘लिलिबिली’ को आज पहिलो गीत रिलिज भएको छ ।  ‘के यो माया हो’  बोलको गीतमा प्रताप दास र मेलिना राईको आवाज , एलिश कार्कीको संगित र राजेश कुमार श्रेष्ठ शब्द रहेको छ ।

सार्वजनिक गीतमा प्रदिप र डेब्यु नायिका जसिताको रोमाण्टीक जोडी देखिएको छ । गीतमा उनीहरुको कैमेष्ट्री निकै लोभलाग्दो देखिएको छ । स्कटल्याण्डको रमणीय लोकेशनमा छायाँकन गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी निकै आर्कषक छ  । हालसम्म प्रदिपले नवनायिकाहरुसंग नै जोडी बाँधिरहेको बेला यो जोडी दर्शकहरुका लागि निकै नौलो कोसेली नै भएको छ ।

मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र सुरुवातबाट नै चर्चामा आएको चलचित्र हो । प्रदिपको २२ लाख पारिश्रृमिक , बडीगार्ड काण्ड , प्रियंकाको प्रबेश लगायतले चर्चामा रहेको लिलिबिलीले दुई पटक आफनो रिलिज मिती समेत परिवर्तन गरेको छ ।

‘लिलिबिली’ काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेन्टमेण्टको संयुत्त प्रस्तुतीमा निर्माण भएका हो । करिब साढे २ करोडको बजेटमा निर्मँण भएको ‘लिलिबिली’ लभस्टोरी र कमेडीधारमा दर्शकमाझ आउनेछ । चलचित्रमा सबिन श्रेष्ठ , अनुप विक्रम शाही लगायतको पनि अभिनय रहेको छ ।

LEAVE A REPLY