अब दयाहाङ र प्रियंकाको भिडन्तमा को अगाडी ???

0
286

रामबाबु निर्देशित चलचित्र ‘मिस्टर झोले’ ले मिश्रित प्रतिक्रियाकाबीच सुखद ओपनिङ गरेको बितरकले जनाएको छ । बढ्दो चिसोको कारण हलहरुमा गत शुक्रबार दर्शकको संख्या कम भएको कारण यसले बिहानको शोमा ६० प्रतिशतको अकुपेन्सी पाएको छ भने त्यसपछिको शोलाई ८० प्रतिशत र हिजो शनिबारको शोलाई ७० प्रतिशत अकुपेन्सी पाएको बितरक गोबिन्द शाहले बताएका छन् ।

mr_jholay_ver6_xlg

शुक्रबार भन्दा शनिबारमा दर्शकको उत्साहाजनक सहभागीता रहेको निर्माण युनिटले जनाएको छ । मोफसलमा पनि ‘मिस्टर झोले’लाई दर्शकको साथ दिएको बताईएको छ । ‘कबड्डी’ ,’कबड्डी कबड्डी’ ‘पुरानो डुंगा’ फेम निर्देशक रामबाबु गुरुङ र दयाहाङको क्रेजको कारण दर्शकको साथ मिलेको कतिपयको बुझाई छ ।

mr-jhole-firstlook

‘मिस्टर झोल’ ले सिंगल स्क्रिनमा भन्दा मल्टिप्लेक्स हलमा दर्शकको राम्रो साथ पाएको छ । दुई दिनको कलेक्सनको रिपोर्ट आजै आउने बताईएको छ । कतिपय हलमा दयाहाङ र दीया पुन दर्शकसंगै बसेर चलचित्र हेरेका छन् । चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

butterfly

२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । चलचित्रमा रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेका छन् ।

उता ओमप्रतिक गुरुङले निर्देशन गरेको चलचित्र ‘बटरफ्लाई’को अवस्था भने नाजुक नै छ । पुष २८ गतेबाट मिस्टर झोले संगसंगै रिलिजमा आएको यस चलचित्रमा आर्यन अधिकारी र प्रियंका कार्कीको अभिनय रहेको छ । सस्पेन्स प्रेम कथामा आधारित यस चलचित्रलाई दर्शकले साथ दिएका छैनन् । प्रतिष्पर्धामा ‘मिस्टर झोले’ को अगाडी ‘बटरफ्लाई’ टिक्न गाह्रो परेको हो की भन्ने जस्तो देखिएको छ ।

LEAVE A REPLY