अब ‘कृ’ नायिका अदिती साउथ फिल्ममा काम गर्दे

0
316

नेपाली चलचित्र क्षेत्रमा ‘कृ’ बाट डेब्यु गर्न लागेकी नायिका अदिती बुढाथोकीको चर्चा फिल्मलाईनमा आउनु अघि देखि नै थियो । भारतमा मोडलिङ क्षेत्रमा सफलता हासिल गरिरहेकी अदितीको चर्चा नेपालमा पनि कम छैन । केही इण्डी पप गीतहरुमा अभिनय गरिसकेकी अदितीको ती भिडियोहरु लाखौँ नेपालीहरुले हेरेर सकरात्मक प्रतिक्रियाका साथमा शुभकामना पनि दिएका थिए ।

aditi-budathoki

भारतीय केही मिडियाहरुले अदितीको समाचार प्रकासित गर्दे नेपाली नायिकाहरु पनि बलिउड नायिकाहरुलाई मात दिने सक्ने क्षमताका छन् भन्ने प्रतिक्रियासमेत उनले पाएकी थिईन् । बलिउडका लागि पनि संघर्षरत अदितीले तेलुगु चलचित्रमा पनि काम गर्ने भएकीछिन् । पत्रकारहरुसंग साक्षात्कार गर्नका लागि अदिती स्वंयमले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारेमा उनले खुलाएकी हुन् ।

aditiउनको मुख्य अभिनय रहने उक्त तेलुगु चलचित्र केही दिनपछि औपचारिकरुपमा घोषणा हुने बताईन् । भारतमा मोडलिङ क्षेत्रमा आफुलाई व्यस्त बनाएकी उनी त्यहाँको मोडलिङ कम्पनीसँग पाँच बर्षसम्मको लागि सम्झौतामा आबद्धछिन् ।

26169663_1811317145586852_6548539577617390954_n

पछिल्लो समय बलिउड नायक नायिकाहरुसमेत तेलुगु चलचित्रमा काम गर्ने क्रम बढ्दो छ यस्तोमा तेलुगु फिल्म इन्डस्ट्री  अदितीको आगमन हुनुलाई उनको करियरकै लागि ठुलो उलब्धीको रुपमा लिन सकिन्छ । त्यसो त अदिती ‘कृ’ चलचित्रबाट पनि निकै आसावादी छिन् । अनमोल भएको कारणले नै ‘कृ’ मा अभिनय गरेको कुरालाई भने उनले सोझै नकारेकीछिन्। ‘कृ’ चलचित्र माघ २६ बाट रिलिज हुदैछ ।

LEAVE A REPLY