यि मोडेल जसले आमिर खानलाई पछ्याउदै बिन्ति भन्दै छन् ( भिडियो हेर्नुस )

0
588

सबनम फिल्मस एण्ड कला केन्द्र बाट निर्माण गरेको यस भिडियो मा चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको “बिन्ती मलाई नछोड” बोल रहेको गीतमा शब्द÷संगीत श्रीकृष्ण बम मल्लको रहेको छ ।

सो भिडियोमा चर्चित मोडेल दीपेश थापा मगर, सपना खत्री र प्रेम पाठक को अभिनय रहेको छ जसमा मोडेल दीपेश थापा मगर प्रहरीको भुमिकामा देखिएका छन् । यस आधुनिक गीतमा अभिनेता दीपेश थापा मगर आफ्नो पे्रमिका सपना संगको बिछोडमा भौतारिदै गरेको देखिन्छ जुन बिछाडको कारण उनको नेपाल प्रहरीको जागिर र प्रेम पाठक रहेका छन् ।

उक्त म्युजिक भिडियो करन चैसीर र अजय रेग्मी ले चपली हाईट, यु.एन. पार्क र सबनम फिल्मस एण्ड कला केन्दको हल भित्र छायांकन गरेका छन् भने उक्त म्युजिक भिडिया लाई दीपेश थापा मगर र सरोज रोशन भट्टराई ले निर्देशन गरेका छन् । सो म्युजिक भिडियो दीपेश थापा मगर को आफ्नो Youtube channel “Dipesh Thapa Magar” बाट सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY