झार्लांग,धादिंग़ स्थायि निबासी “यान्चु वाईबा तामांग(सलमान)” को बाल्यकाल उतै बित्यो
सानैदेखि चलचित्र हेर्न भनेसि हुरुक्कै हुने यान्चु जब ७ कक्षादेखिको पढ़ाईको लागि काठमांडू प्रवेश गर्यो,
पढ़ाई संगसंगै नृत्य पनि राम्रो गर्ने अनि हिरो बन्ने सपना बोकेका यान्चु मिस्टर नेपाल २०११ को फैनलिस्ट पनि हुन,
५ फिट,८ इंच अग्लो यान्चु बीबीएस को पढ़ाईं गर्दागर्दै ड्रॉप आउट भए।

२०६६ सालमा अंजु पन्तको “छुट्ने पक्कापक्की” गीत बाट कलाकारितामा पाइला टेकेका यान्चुले “ल्हपसंगकर्पोरि” तामांग गीतबाट राम्रो छबि बनाउन सफल भएपछि,
तामांग समुदायका स्टाइलिश,गुड लुकिंग अनि हैन्सम मॉडलको रुपमा आफ्नो परिचय बनाउन पनि सफल भए।
दर्जनौ विडीओमा मॉडलिंग अनि “ल्हपसंगकर्पो” र “फ़ोर्स” फ़िल्मका हिरो यान्चु वाईबा २०७० सालमा “फर्दर स्टडीको” लागि बिदेसिएका थिए।

हालै नेपाल फर्केका यान्चु वाईबाले बिना घलेको “तिखेप खबी बैसरि” गीतमा मॉडलिंग गर्दै फेरि आफ्नो कलाकर्ममा फर्केका छन।

यान्चु वाईबाले “कम ब्याक” गरेका बिना घलेको “तिखेप खबी बैसरि” को विडीओ ले राम्रो चर्चा पाएपछि फेरि पनि आफ्नो लाख़ौ सुभचिन्तकहरूको मनमा तहलका मच्चाउने दाऊमा छन।
यसरी नै निरन्तर रुपमा आफ्नो कला र संस्कृतिको विकास र प्रबर्दन अनि हाम्रो “म्हेनदोमाया” को विकासको निम्ति कलाकारिता क्षेत्रमा नै भविष्य बनाउन चहान्छन।

LEAVE A REPLY