एका बिहानै कलाकार निर्मल शर्मा गैंडाले फेस्बुकमा एउटा स्टाटस लेखेर कलाकार संघ प्रती आक्रोस ब्यक्त गरेका छन । यस्तो छ् उनले लेखेको स्टाटस जस्ताको तेस्तै

आदरणीय कलाकार संध,
१) कलाकार दिपक क्षेत्री ज्यू लाई केहि गरौ भनेर फेसबुकमा लेखे, दावित्व संघको थियो, कानमा तेल हालेर बस्नुभयो, बाध्य भएर चलचित्र पत्रकार संध को सहकार्यमा संसार भर बाट सहयोग आयो, हाल वहाँ ठिक हुनुहुन्छ,
२) भर्खरै छक्का पन्जा र नायिका रिचा शर्मा बिचको सामाजीक संजाल को लफडा मा तपाई संघको नाताले के गर्नु भयो ?
३) भर्खरै फिल्म गित रिलीज कार्यक्रममा लगभग दुई नग्न महिला बिकनी मै लिएर नायक हलमा उपस्थीत भए, के हामी तेती धेरै आधुनीक भैसकेको छौ र ? तपाईहरुले के गर्नु भयो ?
५) बजार भरी छाडा र अश्लील YouTube च्यानल हरुका बिगबीगीले लाग्छ हामी रेड लाईट क्षेत्रमा काम गर्नै बर्ग हौ भन्ने महसुस हुन्छ, यस बिषयमा तपाईहरुले के गर्नु भयो ?
कलाकार संघ भनेको बिशुद्द कलाकार को हितमा हुनुपर्ने हैन, लफडा गर्ने कलाकार लाई चेतावनी दिने, नसीहत दिने, आचार संहिता बनाएर पालना गराउनु पर्ने हैन ? सुन्दर समाज निर्माण गर्नु पर्ने हैन ? तपाई हरु त उल्टै मलाई पो कारवाहि गर्नुपर्छ भन्नु हुन्छ रे ? के यो देशमा कानुन, समाज अनी सवै अवलोकन गरिरहेका जनता छैनन र ? मलाई आजीवन कुनै पद र राजनैतीक नियुक्ती चाहिदैन तर तपाईहरु आफ्नो दावित्व पुरा गर्नुस, मलाई सम्मान पनी परेन, कहिको निम्ता पनी परेन !!!
#PeopleToPeople

LEAVE A REPLY