सुदुरका शान- टंक तिमील्सिना

0
770

नेपाली दर्शक श्रोताहरुका लागि टंक तिमील्सिना एक चिर पारीचित नाम हो । एक कुशल संगीतकार र गायकका रुपमा बलियो परिचय बनाएका टंकले हाल सम्म दर्जनौ हिट गीतहरु नेपाली संगीतमा पस्किसकेका छन ।

सुदुर पश्चिमको अछाममा जन्मेका गायक तिमील्सिना सानै उमेरमा लोकप्रियता हासिल गर्ने गायकहरुको सुचिमा पर्दछन । चाउमिन कपाल, मेरी छोर्याट्टी, पूर्व जान्या बाटो बाँसुरी, छुच्ची मायालु, डिस्को पार्टी उनका चर्चित गीतहरु मद्धे पर्दछन । हाइस्केलको गायनमा अब्बल ठहरिएका गायक टंकको सबैजसो गीतहरु पनि हाइस्केलमै छन र जो लोकप्रिय पनि छन ।

बहु प्रतिभाका धनी टंकले आफ्ना लागि मात्र होइन अरुका लागि पनि गीत संगीत सिर्जना गर्ने काम पनि गर्दछन । पछील्लो समयमा टंक तिमील्सिना स्टेजमा धमका मच्चाउने गायकका रुपमा पनि चिनिन्छन । साथै यतिखेर उनलाई सुदुरको शानका रुपमा पनि टंकलाई उपमा दीइने गरिएको छ ।

हेरौ उनका केही चर्चित गीतहरु

 

 

 

LEAVE A REPLY