नरेनको पोल्टामा ३ जना नायिका

0
874

फिल्म स्वर्ग मेरो गाउको पहिलो गीत सार्वजनिक गरिएको छ । केही दिन अघि मात्र प्रदर्शन मिति तय गरेको फिल्म ‘ऐसेलुको झ्याङ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । डान्सिङ नम्बर गीतमा नायक नरेन खड्काले ३ नायिका भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, संग मज्जाले  कम्मर मार्काएका छन । रामचन्द्र काफ्ले र मीना निरौलले गएको गीतलाइ बिनोद ढकालले लेखेका हुन भने बिकास चौधरिले संगीत भरेका छन । गोविन्द राइले कोरियोग्राफ गरेको भिडियो यस्तो छ।

नरेन खड्का को मुख्य भुमिका रहेको फिल्म ‘स्वर्ग मेरो गाउँ’ यहि माघ १२ गते सार्वजनिक हुने छ। हमेशा , मन्दिरा , परदेशी जस्ता फिल्ममा अभिनय गरिसकेका नरेन संगै रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ ।फिल्मलाई रामकृष्ण बजगाइँले निर्माण तथा निर्देशन गरेका हुन् । गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा फिल्म निर्माण भएको हो।पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

LEAVE A REPLY