ह्यप्पी न्यू यिएरबाट आशाबादी छिन् सन्ध्या

0
760

चलचित्र ‘ड्रिम्स’बाट अनमोल केसीसँग छोटो भूमिका देखिएकी नायिका हुन् सन्ध्या केसी । मोडलिङ र टेलिभिजन प्रस्तोता हुदैँ चलचित्रमा पाइला चालेकी सन्ध्याले पहिलो गाँसमा नै ढुङगा चपाउनु पर्‍यो । चलचित्र ‘ड्रिम्स’ सुपरहिट भयो । यसै चलचित्रबाट नायक अनमोल केसीले प्रशंसा पाए भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो सुखद करियरको सुरुवात गरिन् । तर सन्ध्याको नाम कहीँ कतै आएन् । ड्रिम्सपछि उनी चलचित्र ‘सायद २’मा अनुबन्धित भइन् । केही दिन चलचित्रको वर्कसपपनि भएको थियो । पछि सन्ध्या सायद २बाट पनि बाहिरिइन् ।

यही वर्ष केसी चलचित्र ‘छक्का पञ्जा २’मा देखिएकी थिइन् । छोटो भूमिकामा देखिएकी सन्ध्याले यो चलचित्रबाट पनि जस पाउन सकिनन् । छक्का पञ्जा २ दर्जन बढी चर्चित अनुहारहरु थिए । यति बेला उनी अभिनित चलचित्र ‘ह्याप्पी न्यु इयर’ प्रदर्शनको तयारीमा रहेको छ । पौष १४ गते प्रदर्शनको तयारीमा रहेको यो चलचित्र यति बेला सन्ध्या बिना मोफसलको प्रमोसनमा लागेको छ । ‘ह्याप्पी न्यु इयर’मा दर्शकले रुचाउनु हुन्छ भन्नेमा सन्ध्या ढुक्क छिन् । भन्छिन् ‘यो क्षेत्रमा पाइला चालिसकेको छु , अब रोकिन्न । ह्याप्पी न्यु इयरमा धेरै मेहनत गरेका छौ । मलाई विश्वास छ दर्शकले रुचाउनु हुन्छ । ’

LEAVE A REPLY