तरकारीवाली बनिन नायिका- उनले अभिनय गरेको लम्फु चलचित्र आउँदै

0
880

नायक सलोन बस्नेत अभिनित फिल्म ‘लम्फू’ को रिलिज मिति तय भएके छ । यो फिल्म २०७५ बैशाख २८ गते रिलिज हुने निर्देशक गोपालचन्द्र लामिछानेले जानकारी दिएका हुन् । फिल्ममा सलोनसंगै कबिर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय छ ।

‘लम्फू’ ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा समेत देखाइएको छ । समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ सक्छ भन्ने कथामा फिल्म फिल्म निर्माण भएको छ ।

भूपतिको लेखन रहेको ‘लम्फू’ लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । दिपक बज्राचार्यको छायांकन रहेको लम्फूमा सम्पान हरि सिलवालको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल लगायतको स्वर छ ।

 

 

LEAVE A REPLY