के फर्केलान त प्रेम बानिया

0
255

प्रेम बानियाँ लाई नचिन्ने नेपालीहरु सायदै कम छन् । कुनैबेला रवि लामिछानेभन्दा प्रेम बानियाँलाई बेशी मानिसहरु चिन्दथे । उनै बानियाँ एकाएक अमेरिका जाने निधो गरेपछि नेपालि सामाजिक सञ्जाल निक्कै तात्तियो र प्रेम बिरुद्ध अनेक लाल्छनाहरु लागे ।

ती यावत कुराहरुको डटेर सामना गर्दै करिब १ वर्ष अघि देखि प्रेम अमेरिकामा छन् र उनकै भनाईमा विस्तृत अध्ययनको लागि केही वर्ष बस्नेछन् र नेपाल फर्किने छन् ! यसै सन्दर्भमा लाखौँ स्रोता र दर्शकको माया पाएका आफ्ना सुभ चिन्तकका लागि बानियाँ फेसबुकमा यस्तो लेख्छन् :

हजारौं प्रिय साथीहरुले फेसबुक अनि अन्य सञ्जालमा पठाइरहनु भएका सयौं म्यासेजहरु (जसभित्र गहिरो माया र आत्मीयता हुनुपर्छ) पढ्न र प्रतिक्रिया दिइरहन भ्याएको छैन (सकेसम्म कोसिश गरिरहेछु) यसप्रति माफी माग्दै सबैलाई यसै स्टाटसबाट सम्बोधन गर्ने प्रयत्न गर्दैछु ।

हजारौं शुभचिन्तकहरु ‘लौन चाँडो नेपाल फर्किनुपर्यो’ भनिरहनु भएको छ । राजनीतिमा आएको नयाँ क्षितिजसँगै कतिपय राजनीतिकर्मीहरु, सरकारी सेवामा रहनुभएका व्यक्तित्वहरु, टेलिभिजन जगतका मेरा अनन्यहरु, सवभन्दा बढी त प्यारा दर्शकहरुले निरन्तर म्यासेजहरु गरिरहनु भएको छ र चाँडै नेपाल आउनुहोस् भनिरहनु भएको छ ।

एक शुभचिन्तक निलमनी भण्डारीले त ‘जनताको आँसुले पोल्ला, टुहुरो बनायौ’ जस्ता उच्चसमवेदनामा (म र मेरा प्रिय मित्र रबिजीका बारेमा) गीत गाएर यूट्यूबमा अपलोड गर्नुभएको भिडियोले नै मनमा पोलेको छ, छट्पटी त स्वभाविक नै छ । र, मैले यी सबैका प्रति केही न केही बोल्नैपर्छ जस्तो लागेर यो लेख्दैछु ।

देश र स्वाभिमानप्रतिको मेरो तपस्यामा एक इन्च पनि तलमाथि परेको छैन भलै, भन्नेहरुलाई बाटो छ । म झन् नजिक पुगेको छु र झन् बलियो बन्दैछु मेरो स्वाभिमानको उचाईतर्फ । मेरो मातृभूमिका निमित्त मैले जेजे आर्जन गरिरहेको छु, जेसुकै, कुनैपनि सर्तबिना देश र स्वाभिमानको हितमा मात्रै प्रयोग गर्नेछु । र, विदेसमा केही वर्ष पढ्न, सिक्न आएको ‘मान्छे’सँग यतिधेरै अपेक्षाहरु बर्सिरहँदा मेरो एउटा खास सपनामा साथ दिनका लागि सबैलाई अनुरोध गरिरहेको छु ।

संसारका कतिपय देशहरुमा हाम्रो टिम बनिसकेको छ र त्यसलाई हामीले ‘स्वाभिमानी समूह’ भनेका छौं, जस्तो कि स्वाभिमानी समूह (देश वा जिल्ला वा शहरको नाम) तपाईंहरु जोजो, जहाँजहाँ हुनुहुन्छ स्वतन्त्ररुपले स्वाभिमानी समूह बनाउँदै देश र स्वाभिमानका प्रति सकारात्मक कामहरु गर्दै जानुहोस् । तर, निर्मम् सत्यचाही यो कुनैपनि राजनीतिक दल, धर्म, जातजाति, वर्ग वा भेदहरुबाट माथि उठेर त्यस्तो पक्षपाती समूह बनोस् जसको ‘सवथोक’ देश र स्वाभिमान मात्र होस् । संसारका कतिपय देशहरुमा हाम्रो टिम बनिसकेको छ र त्यसलाई हामीले ‘स्वाभिमानी समूह’ भनेका छौं, जस्तो कि स्वाभिमानी समूह (देश वा जिल्ला वा शहरको नाम) तपाईंहरु जोजो, जहाँजहाँ हुनुहुन्छ स्वतन्त्ररुपले स्वाभिमानी समूह बनाउँदै देश र स्वाभिमानका प्रति सकारात्मक कामहरु गर्दै जानुहोस् । तर, निर्मम् सत्यचाही यो कुनैपनि राजनीतिक दल, धर्म, जातजाति, वर्ग वा भेदहरुबाट माथि उठेर त्यस्तो पक्षपाती समूह बनोस् जसको ‘सवथोक’ देश र स्वाभिमान मात्र होस् ।

LEAVE A REPLY