अन्जुको दुई तर्फी माया

0
437

नेपाली साङितिक क्षेत्रका कुशल पप-आधुनिक गायक हिमाल सागरले नया गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । निकै लामो समय नेपालि संगीतमा रमाईरहेका हिमाल सफल गायक मध्येका एक हुन् । उनले गाएका प्रायः गीतहरु चर्चामा छन भने उनी आफै पनि त्यही चर्चित गीतका माध्यमबाट स्टेज कार्यक्रमहरुमा ब्यस्त छन् ।

सार्बजनिक ‘माया त दुई तर्फी’ गीतलाई हिमालले स्वर भरेका छन् । उक्त गीतमा उनै गायक हिमालकै शब्द तथा संगीत समाबेश छ । प्रेम बिछोडको भाब झल्किने सो गीत ‘मेघा’ एल्बममा समाबेश गरिएको छ । गोपाल रसाइलीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो यस्तो बनेको छ ।

प्रायः आफ्ना गीतको भिडियोहरुमा आफै देखिने गरेका गायक हिमाललाई यो गीतमा पनि अभिनय गर्दै गरेको देख्न सकिन्छ । उनलाई अभिनयमा अन्जु चौलागाईंले साथ दिएकी छिन् । युआर स्टाईल प्रोडक्सनबाट निर्मित भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् भने बिकल्प दाहालले खिचेका हुन् ।

 

 

LEAVE A REPLY