काठमाडौं निर्वाचन क्षेत्र नं ३ का लागि प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सिफारिस भएका कृष्ण जी खड्का को हुन् ?

0
6171

काठमाण्डौ निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ सिफारीस भएका नेपाल तरुणदल काठमाण्डौ जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य कृष्ण जी खड्काको राजनैतिक जिवन । आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा तथा प्रदेस सभा निर्वाचनका लागी उमेद्वार सिफारीस प्रकृयालाई नेपाली कांग्रेस पार्टीको क्षेत्र तथा जिल्ला समितिले अगाडी बढाएको छ । त्यसै क्रममा नेपाली कांग्रेस काठमाण्डौ निर्वाचन क्षेत्र नं ३ बाट नेपाल तरुणदल काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण जी खड्का प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको निर्वाचन प्रकृयाका लागी सिफारीसमा परेका छन् ।

कृष्ण जी खड्का

काठमाण्डौ जिल्लाको कागेस्वरी मनहरा नगरपालीका वडा नंं २ (साविकको आलापोट गाउ विकास समिति वडा नं. १ मा जन्मिएका खड्का २०४६ सालको प्रजातन्त्र प्राप्ती पछि रास्ट्रिय माध्यामिक विद्यालय इन्द्रायणीमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको सदस्यता लिएका हुन । १८ बर्ष उमेर पुगे पछि २०५० सालको उप निर्वाचनमा आफ्नो जिवनको पहीलो भोट सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई हालेको स्मरण गर्दै गर्दा तत्कालीन अवस्थामा नेपाल विद्यार्थी संघ आलापोटको समितिमा बसि कार्यगरेको साथै २०४९ को स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फ बाट टिकट प्राप्त गरि वडा अध्यक्षमा आफ्नो बुवा रामसरण खड्का निर्वाचित भए पछि राजनितीको बारेमा चासो र चेतना बढेको बताउछन । २०५४ सालमा नेपाल तरुणदल पुनस्थापना भएपछी नेपाल तरुणदल आलापोट गाउ समिति काठमाण्डौको सचिवबाट तरुणदलको राजनैतिक यात्रा प्रारम्भ गरेका खड्का त्यसपछिका अधिवेसनहरुबाटबाट जिल्ला सदस्य , क्षेत्रीय संयोजक , जिल्ला उपाध्यक्ष , कार्यवाहक जिल्ला अध्यक्ष हुदै चौथो महाधिवेसमा नेपाल तरुणदल काठमाण्डौको अध्यक्षमा निर्वाचित भएका हुन । तरुणदल भित्र कुसल संगठनकर्ता र प्रखर बक्ताको रुपमा परिचित खड्काको भाषण र बोल्ने सैलीले तरुणहरुलाई जोस , उर्जा प्राप्त हुने नेपाल तरुणदल काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ का अध्यक्ष अनुप प्रधान बताउछन् । तल्लो तहबाट तरुणदलको यात्रा प्रारम्भ गरेको कारण आफुले सवै तहका कार्यकर्ताहरुको भावना बुझेकोले संगठनमा जोड दिएको खड्का स्वयं बताउछन् । २०६२÷६३ को लोकतान्त्रीक आन्दोलनमा दिन नछुटाई आन्दोलनमा होमिएका खड्का पटक पटक गिरफ्तारीमा समेत पर्नुका साथै प्रहरी संगको झडपमा धेरै पटक परेका थिए । 

भातृ संस्था र मातृ पार्टी नेपाली काग्रेस पार्टीमा आवद्ध खड्का पार्टीको एघारौ महाधिवेसनमा नेपाली कांग्रेस आलापोट गाउ समितिका सभापती , १२ औं महाधिवेसमा निर्वाचन क्षेत्र नं. ३ काठमाण्डौको उपसभापती र २०७१ सालको विनासकारी भुकम्पमा परि तत्कालीन क्षेत्रीय सभापती तथा पुर्व माननिय चक्रबहादुर ठकुरीको असामयिक निधन पछि कार्यवाहक क्षेत्रीय सभापति चलाएका खड्का १३ औं महाधिवेसबाट महासमिति सदस्यमा निर्वाचित भएका हुन् ।

गाउ तह देखीकै चुनाव प्रचार समितिको संयोजक भै काम गरिसकेका खड्का २०७० को चिर्वाचनमा क्षेत्रीय प्रचार प्रसार समितिको संयोजक भै काम गरेका २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ ३ जना भित्रनै सिफारीसमा परेको थिए र अहीले पनी २ नंवरमा सिफारीसमा परेका छन् । विकास निर्माणमा विषेस दख्खल राख्ने खड्काले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी , सडक , पुल , सिंचाई , सिक्षा लगयातका योजनाहरुमा करोडौ रुपया पार्न सफल भएका छन् । भोज भतेर भन्दा जनताका समस्या समाधानमा रमाउन चाहने खड्का प्राय विकासे अड्डाहरुमानै देखापर्छन । सामान्य मध्यम बर्गिय परिवारमा जन्मेर पनि २५ औ बर्षको राजनैतिक यात्रामा आजसम्म कही कतै एक रुपायां पनि हिनामिना नगरेको , लोभ लालचमा नफसेको र इमान्दार छवि भएको नेता भन्न पाउदा आफ्नो छाति गर्भले फुल्ने कागेस्वरी मनहरा वडा नं. २ का निर्वाचित वडा अध्यक्ष सुदर्सन धिमाल बताउछन् । गाउ तह देखीनै संगठनमा काम गरेकोले आफुले सबै तहका जनता देखी नेतासम्मको दुख , सुख सबै बुझेको साथै क्षेत्रका सबै नेताकार्यकताको मायापाएको र काठमाण्डौका तरुण युवाहरुको साथ रहेकोले टिकट पाए पक्का जित्ने दावि गर्छन ।

LEAVE A REPLY