रिमाले जीवन लाई भनिन “पिडा होस् हजारौ रमाउछु तिम्रै साथमा” (भिडियो सहित)

0
274


नेपालि सांगीतिक फाटका एक कुशल संगीतकार हरि लम्सालको संगीतमा रहेको नयाँ गीत
“जिन्दगीको दुई पल” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा चन्चले चुलबुले गीत बाट गीतकारको रुपमा राम्रो चर्चा कमाएका गीतकार रोहन पौडेल (जनक) को शब्द रहेको छ ।

कुशल गायक सन्तोष लामा अनि अनि गायिका मेलिना राइको सुमधुर आवाज रहेको यस गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

यस्तै “जिन्दगीको दुई पल” यो गीतको म्युजिक भिडियो पनि तयार भएको छ । भिडियो लाई राजिव समरले कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारीले छायांकन गरेका छन् ।

रिमा बिश्वकर्मा र जीवन भट्टराईको अभिनय रहेको यस भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।

सबिन पौडेलको प्रस्तुतीकरण रहेको यो भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

LEAVE A REPLY