गायक तथा संगीतकार राजन तिमील्सीनाको केवल मेरो बोलको सार्बजनिक

0
918

काठमाडौं,भाद्र-०७ शिव पौडेल

गायक तथा संगीतकार  राजन तिमल्सिनाको नया गीतको भिडियो सार्वजनिक भएको छ ।’केबल मेरो’ बोल को सार्वजनिक गीतमा गायक तिमल्सिनाको संगीत र जि पि तिमल्सिनको शब्द रहेको छ।गीतको भिडियोमा निराजन प्रधान र सोफियालाई फिचरिंग गरिएको छ।

केही समयअघि नै यो गीत तयार भएको भएपनि हालैमात्र म्युजिक भिडियो तयार पारी सार्वजनिक गरीएको गायक तिमिील्सीनाले जानकारी दिए । रंग नेपालको युटुव च्यानलवााट सार्वजनिक भएको म्युजिक भियीयोलार्ई विशाल भण्डारीले निर्देशन गरेका हुन् । लामो समयको अन्तरालपछि आफुले बजारमा यो म्युजिक भिडिीयो सार्वजनिक गरेकाले दर्शक स्रोताले रुचाउने उनले वताए ।

निकै सुन्दर लोकेसनमा छायांकन गरिएको यस भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन।बिशाल भण्डारीद्वारा निर्देशित यो म्युजिक भिडियोलाई सम्पादन निशान घिमिरेले गरेका हुन ।

LEAVE A REPLY