मोडेल तथा बेलि डान्सर अनिता लिम्बुको ‘यो जिन्दगी’ बोलको नयाँ भिडियो सार्बजनिक

0
889

अन्तर्राष्ट्रिय मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएकी मोडेल तथा बेलि डान्सर हुन् अनिता लिम्बु र यिनै लिम्बु गायिका बनेकी छन् ।

यस्तै यिनले आफ्नै शब्द र स्वरमा रहेको ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेकी छन् भने गीतको भिडियो लाई निर्म गरेर भिडियोमा पनि आफैले मोडलिङ् पनि गरेकी छिन ।

नितिन चन्दको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोमा अनिताको यो भिडियोमा निकै रोमान्चक र आकर्षक देखिन्छ । भिडियोमा रुपेश खड्काको सम्पादन रहेको छभने सरिन पोखरेलले कोरियोग्राफी गरेका छन् ।

यस्तै गरि अंग्रेजी तथा अफ्रिकन गीतमा समेत मोडलिङ गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा यसअघि अभिनय गरेकी थिइन् भने एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी छन् ।
‘मिस स्पार्कलिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अपको उपाधी तथा ‘अक्सफोर्ड फेसन विक’को दशौं सिजनमा सहभागिता जनाएकि अनिता अन्तराष्ट्रिय फेसन विकमा पनि सहभागिता जनाइसकेकी छन् भने लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा छनोट समेत भइसकेकी उनी बुटिङहरुमा ‘कमर्सियल फोटोसुट’ समेत गर्दै आएकी छिन् ।

अनि अनिता साउथ एसियन इथिनिक माइनोटरी ग्रुपलाई सम्मान गर्ने ‘एमटिएम अवार्ड’ २०१६ मा पनि आर्ट एन्ड इन्टरटिमेन्ट विधामा नोमिनेशनमा समेत परेकी मोडल हुन् ।

LEAVE A REPLY