गायक तथा संगीतकार राजन तिमील्सीनाको केवल मेरो बोलको म्युजिक भिडियो सार्बजनिक

0
315

काठमाडौं,श्रावण-८ शिव पौडेल

लामो समयको अन्तरालपछि गायक राजन तिमील्सीनाको नयाँ गित सार्वजनिक भएको छ । यो सम्वन्ध वोलको गीतवाट दर्शकस्रोताको मनमा बस्न सफल गायक तिमील्सीनाको केवल मेरो सार्वजनिक गरीएको छ । गायक तिमील्सीनाकै संगीत तथा स्वर रहेको गीतमा जि पी तिमील्सीनाको शब्द रहेको छ ।

केही समयअघि नै यो गीत तयार भएको भएपनि हालैमात्र म्युजिक भिडियो तयार पारी सार्वजनिक गरीएको गायक तिमिील्सीनाले जानकारी दिए । रंग नेपालको युटुव च्यानलवााट सार्वजनिक भएको म्युजिक भियीयोलार्ई विशाल भण्डारीले निर्देशन गरेका हुन् । लामो समयको अन्तरालपछि आफुले बजारमा यो म्युजिक भिडिीयो सार्वजनिक गरेकाले दर्शक स्रोताले रुचाउने उनले वताए ।

सैलेद्र यम प्रधानको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा निराजन र सोफियालाई देखाईएको छ । गायक तिमील्सीनाले दशर्कको चाहनालाई मध्यनजर गर्दै अन्य गीतहरु ल्याउने तयारी भईरहेको समेत जानकारी दिए ।

हेर्नुहोस पुरा भिडियो तलको लिन्क मा 

LEAVE A REPLY