मेलिना र एस राज को बाडुली सार्बजानिक , संचारकर्मी यात्रीको निर्देशन

0
410

काठमाडौं,जेष्ठ-८ शिव पौडेल 

गायिका मेलिना राई र नबगायक एस राज कुमारको आवाजमा रहेको मनछुने आधुनिक गीत बाडुलीको भिडियो सार्बजनिक भएको छ । गायक एसराज कै शब्द रचना रहेको बाडुलीमा थानेश्वर गौतमको सुमधुर संगीत रहेको छ । टाढा रहेको आफ्नो प्रिय मान्छेको यादमा तड्पीदाको अबस्थाको भाबलाई गीतले बोलेको छ ।

संचारकर्मी भोला तिमल्सिना (भोला दीप यात्री)को निर्देशनमा गीतको आकर्षक भिडियो तयार गरिएको छ । गायक एस राज र रंगकर्मी अमृता खनालको भिडियोमा आकर्षक अभिनय रहेको छ । रबिन्द्र बरालले गीतको भिडियो खिचेका हुन् भने सम्पादन जितेन्द्र राजोपाध्यायले गरेका हुन् । गीतको भिडियो लाई एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको हो ।

LEAVE A REPLY