अंकितले सार्बजनिक गरे “ति रात हरु” को भिडियो

0
1441

टारिगाऊ ०६ दाङ्गमा जन्मेका अनि आफुलाई गीत संगीतमा पछिल्लो समय अब्बल बनाउदै आएका बुवा – युबराज न्यौपाने र आमा -अनिता न्यौपानेका छोरा हुन् अंकित न्यौपाने ।
चण्डी प्रसाद काफ्ले बाट संगीतको शिक्षा लिएका गायक न्यौपाने श्री राप्ती विद्या मन्दिर तुल्सीपुर दाङ्गमा पढी २०६१ सालमा काठमाण्डौमा आफ्नो अरु पढाई लाई अझै माथि बढाउन छिरेका थिए ।

आशिष अविरलको संगीत संयोजन, मधुरिपूको शब्दमा न्यौपानेकै प्रस्तुति रहेको यो नयाँ गीत ‘ती रातहरु’ पनि सार्बजनिक भएको छ ।

सार्बजनिक यो गीतको डुओईट कभर गीत प्रतियोगिता हुने भएको छ । १० उत्कृष्ट गीत लाई छनौट गरि बिजेतालाई रु. दस हजार पुरस्कार प्रदान संग संगै डुओईट अडियो गीत पनि निर्माण गर्ने बताईएको छ ।

यो गीतको भिडियोमा निर्मला दाहालको मेकअप, उत्सव दाहालको छायांकन अनि निशान घिमिरे सम्पादन, युवराज वाईवाको निर्देशनमा जेबिका कार्की अनि आकाश श्रेष्ठको अभिनय रहेको छ ।

LEAVE A REPLY