काठमाडौं,बैशाख-२० शिव पौडेल
कलाकार भोलादीप यात्री (भोला तिमल्सिना) संचार संगै कलाकारितामा पनि सक्रिय नाम हो । पछिलो समय उनले कलाकारितामा गतिलो फड्को मरिरहेका छन् । त्यसो त भोला कलाकारिता र सञ्चारकर्मलाई सँगसँगै अगाडि बढाइरहेका छन् । चलचित्र र भिडियो निर्देशनमा बढी रुचि राख्ने भोलाले भने, ‘मलाई अभिनय गर्नभन्दा गराउन मन पर्छ ।’ उनको अभिनय रहेको एक मनछुने गीत आमाको भिडियो हालै सार्बजानिक भई अत्यधिक चर्चा पाइरहेको छ । उनै प्रतिभा तिमल्सिनासँग गरिएको अन्तरंग कुराकानी ।
- आमा गीतको भिडियोको त व्यापक चर्चा छ नि ?
हजुर , चर्चा त् के भन्नु , दर्शक हरुले मन पराउनु भएको छ , लामो समयको तयारी पछि यो भिडियो खिचियो । भिडियो राम्रो बनाउन कुनै कसर बाकी राखेका छैनौ । त्यसैले होला काम अनुसारको राम्रो प्रतिक्रिया आईरहेको छ । उसो त् गायक स्वरुप राज आचार्य दाईको स्वरमा आफैमा जादु छ , अनि नया भईकन पनि निर्देशक सगर ज्ञवाली दाईले पनि भिडियो राम्रो बनाउन कुनै कसर बाकी राख्नु भएको छैन । अभिनयको हिसाबले रंगकर्मी अरुण कार्की र अमृता खनालको काम पनि अत्यधिक राम्रो छ । सबैको प्रयास र मेहेनतले होला सबैले मन पराउनु भएको छ ।
- आमाको प्रमोसनको अलावा केमा ब्यस्त हुनुहुन्छ , आजभोलि ?
छिट्टै अब के भिडियोको निर्देशन गर्दै छु , मेरो निर्देशनमा हालै एक मौलिक चलचित्र सिमलको छायांकन लगभग सकियो । अब केहि सिनको शुट गर्नु छ । त्यसको लागि तयारी मा पनि ब्यस्त छु ।मैले मुख्य भूमिका मा अभिनय गरेको चलचित्र “मेरो प्रतिज्ञा ” को पनि केहि दिन मा स्वराङ्कनको कार्य हुदै छ , त्यता पनि समय दिनु छ । उसो त नियमित कार्य संचारकर्म त् छदै छ । बेलाबखतमा म्युजिक भिडियो पनि गरिदै छ ।
- बढी माया प्रे
मका गीत निर्देशन गर्नुहुन्छ, किन ?
हो त है.. (हाँस्दै..) मैले त यो कुरा ख्याल नै गरेको रहनेछु । खासमा माया प्रेमकै विषयका मात्र हैन, मलाई सबै खाले गीत, संगीत मन पर्छ । अहिलेसम्मको अवस्थालाई हेर्दा यस्तो संयोग पर्न गयो । त्यो आरोपलाई मेरो चलचित्र सिमलले खण्डन गर्नेछ ।
- पछिल्लो समय व्यस्तता पनि बढेको देखिन्छ ?
त्यस्तै भन्न पर्यो ।
- केले बढायो व्यस्तता ?
केही राम्रा प्रोजेक्टहरुको काम हुँदैछ, आउँदा दिनमा । दुईवटा फिल्मको छायांकन सकियो, रिलिजको क्रममा छ । उसो त, विगत ७ वर्षदेखि म सञ्चारक्षेत्रमा आबद्ध छु, छिट्टै हामी अनलाईन टिभीको तयारीमा पनि छौं । केही डकुमेन्ट्रीहरुको पनि छायांकन भएको छ ।
- तपाईं त अभिनय पनि गर्नुहुन्छ , अभिनय र निर्देशनमा तुलना गर्नुपर्दा ?
अँ, गर्छु । तर, मलाई अभिनय गर्नभन्दा अभिनय गराउन मन पर्छ ।
- कतिवटा भिडियो÷चलचित्र खेल्नुभयो ?
मैले ५/६ वटा भिडियोमा अभिनय गरेँ । सातवटा म्युजिक भिडियो अनि केही डकुमेन्ट्रीहरुको निर्देशन गरेँ । एक चलचित्र निर्देशन र २ ओटा मा अभिनय ।
- दर्शक, स्रोताको प्रतिक्रिया कस्तो छ ?
ठीकै छ, म आफू पनि सञ्चारक्षेत्रमा आबद्ध भएको कारण पनि दर्शक, श्रोताबाट सिधैं प्रतिक्रिया पाइरहेको छु । निर्देशनसँगै अभिनयमा पनि जोड दिन सुझाव पाउँछु ।
- मनोरञ्जन क्षेत्रमा कसरी आउनुभयो ?
चार वर्षअघि रहरैरहरमा मैल १८ महिना अभिनय सिकें । केही सामान्य सैद्धान्तिक कुराहरुको जानकरी मैले त्यताबाट पाएँ । अब सिकेको कुरा सदुपयोग त गर्नै पर्यो भनेर साथीहरुको सहयोगमा केही भिडियोमा अभिनय गरें । पछि निर्देशनतिर पनि झुकाब बढ्दै गयो । सिकेर निर्देशनतिर पनि लागेँ ।
- खासमा लाग्नु भएको कति वर्ष हो ?
गीत, संगीत, अभिनयतिर त दुई वर्ष पुग्यो ।
- किन लाग्नु भएको ?
सानैदेखिको शोखले सञ्चारक्षेत्रमा लागेँ । पछि सञ्चारसँगै मनोरञ्जन क्षेत्रमा पनि संगत बढ्दै गयो । अनि यता पनि केही गर्न सक्छु भन्ने विश्वास थियो र त्यही विश्वासले मनोरञ्जन क्षेत्रतिर लागियो ।
- राम्रो छ त यो क्षेत्र ?
खै ! अहिलेसम्म राम्रै लागिरहेको छ ।
- निरन्तरता दिन सकिन्छ ?
सञ्चार र मनोरञ्जन एक अर्कासँग सम्बन्धित विषय, यी दुवै क्षेत्रमा काम गर्दैछु । सकिन्छ जस्तो लाग्छ ।
- आम्दानी ?
सामान्य छ । नढाँटी भन्नुपर्दा, भात खान पुगेको छ । अब ऐश आराम, बिलासिता र बाहिर मान्छेले देखेको जस्तो वास्तविकता छैन ।
- म्युजिक भिडियोबाट कसरी आम्दानी हुन्छ ?
भिडियो बनाउनेहरुका लागि त प्रोडूसर जिन्दावाद । तर अहिलेको अवस्थामा त आम्दानी नै छैन भन्दा फरक पर्दैन । खै यो घाटाको व्यवसाय कति दिन पो चल्छ । एउटा युट्युब छ अलिअलि आउँछ कि भनेर आश गर्ने ठाउँ ।
- विवाह गर्नुभयो ?
छैन ।
- यस्तो लक्का जवान अझै एकल ?
उमेर अलि भएको छैन । यो एकल हुने उमेर नै हो त । उसो त, परिवार, साथीसंगी, दर्शक, श्रोता हुनुहुन्छ । अनी म कसरी एक्लै भएँ ? कहिले गर्नुहुन्छ विवाह ? सिक्दैछु, अझै करियर बनिसकेको छैन । अब ४, ५ वर्ष विवाह गर्दिनँ ।
- प्रेमिका होला नि ?
हे हे हे…
- प्रेमिकाको बारे भन्न मिल्छ ?
दर्शक, श्रोतासँग लभ परेको छ, भयो नि ७ वर्ष ।
- चलचित्र क्षेत्र, म्युजिक भिडियोको विकासका लागि के गर्न सकिन्छ ?
खासमा यो क्षेत्र नै लथालिंग छ । लाखौं खर्चेर भिडियो बनाइन्छ तर प्रतिफल शून्य । अब यस विषयमा सबैले सोच्ने बेला आएको छ । घाटको व्यवसाय कसरी टिक्छ हैन र ? अहिले जे भइरहेको छ, यो एकदमै जटिल अवस्था हो । अब कसरी आम्दानी गर्न सकिन्छ त्यसको बाटो पहिचान गर्ने बेला भएको छ । पैसा तिरेर मात्र गीत सुन्ने भिडियो हेर्ने वातावरण बन्न पर्छ, तर अहिले यो सम्भव भइरहेको छैन । लाखौं खर्चेका प्रोडूसरको खल्ती टाट पल्टिरहेको छ, यसलाई बचाउन हामीले गर्न सक्ने भनेको काममा गुणस्तर दिएर हो, नीतिगत कुराहरुका बारेमा राज्यले केही गरिदिनुपर्छ ।
- कार्यक्रमहरुमा कत्तिको धाउनुहुन्छ ?
कहिलेकहीं । तर, रिपोटिंग अनि कार्यक्रममा उद्घोषणको लागि भने गइरहन्छु ।
- विदेशतिर जानुभा’छ ?
छैन ।
- आगामी योजना के छ ?
खासमा मलाई फरक अनि मौलिक खालको चलचित्र अनि डकुमेन्ट्रीहरुमा काम गर्न मन छ । वास्तवमा मेरो झुकाव पनि त्यतै हो । तर, त्यस्ता कामको व्यावसायिक प्रतिफल के त ? तत्काल जीविकोपार्जनको लागि केही त गर्ने पर्यो । त्यसकारण आफूले सिकेको, जानेको कुरा यता पनि सदुपयोग गरौँ भनेर नै म भिडियो निर्माणलाई निरन्तरता दिइरहेको छु । तर, मेरो आफ्नो चाहना अनि योजनाबाट बिचलित भएको छैन । अब छिट्टै केही मौलिक खालका डकुमेन्ट्रीहरुको निर्माणको लागि तयारी गरिरहेको छु । हालै “उल्टो जुत्ता“ नामक एक मौलिक ‘डाकुड्रामा’ को छायांकन पनि सकेँ । यस्तै कामसँगै सञ्चारमा त भइनै हाल्यो ।
- हिरो बन्ने सुरु पनि छ ?
एक चलचित्र मा मुख्य भूमिकामा अभिनय गरेको छु ,खै अब त्यसलाई हेरो भन्न मिल्छ या मिल्दैन त्यो त् थाहा छैन । तर निर्देशक भने बन्ने चाहना छ । निकट भविष्यमा निर्देशनसँगै अभिनय लाई पनि निरन्तरता दिन्छु । हिरो हैन, कलाकार भएर जिउने रहर छ । अब राम्रो निर्देशक र निर्माताको साथ पाए हिरो बनेर अभिनयमा जम्ने सोच छ ।
- को निर्देशकसंग काम गर्न मन छ ?
मलाई भिडियो चाही सुरज सिंह ठकुरी दाई संग गर्न मन छ , फिल्मको कुरा गर्नु पर्दा सुदर्शन थापाको काम मन पर्छ , राधेका निर्देशक जगदिस्वर दाईको काम पनि मन पर्यो । उहा संग पनि काम गर्न मन छ ।