“आमाको लागी एकदिन खर्चिन गाह्रो मान्छौ” – ईशा गुरुङ

0
5175

काठमाडौं,बैशाख-१४ शिव पौडेल

“आमाको लागी एकदिन खर्चिन गाह्रो मान्छौ” – ईशा गुरुङ  प्राय सधै फेसबुकको भित्तामा हाम्रा सेल्फी फोटोहरु र दैनिकी सँग जोडिएका धेरै कुरा हरु हामी साथीभाई माझ देखाईरहेका हुन्छौ ! अझ नेपालको लागी फेसबुकलाई राजनितिक बादबिबादको गर्नको लागी त उत्तम थलो नै मान्दा हुन्छ ! मेरो पार्टी राम्रो तेरो पार्टी नराम्रो भन्नलाई खुब सजिलो ठाउँ यही फेसबुक बनेको छ ! फुर्सदको समयमा फेसबुक खोल्यो यो पार्टी ले यस्तो गर्छ ! यो पार्टीले यस्तो गर्छ भन्ने समाचार मात्र पढ्नुपर्ने हुन्छ ! आमा, बुवाको मुख हेर्न लाई बर्ष मा एक – एक दिन छुट्याईएको छ ! यो सायद आमा बुवालाई भुलिसकेका कतिपय मान्छेलाई झस्काउन नि होला जस्तो लाग्छ !

हैन भने आफुलाई जन्म दिने संसार देखाउने भगवान हरुको मुख हेर्न कुनै दिन बिशेष बनाउनु पर्छ जस्तो लाग्दैन ! हामी आफैले जानेर सधै आमा बुवाको मुख हेर्ने हो सधै माया, सम्मान र सेवा गरिरहने हो ! हिजो मातातिर्थ औशिको अबसरमा अधिकांश फेसबुक प्रयोगकर्ताहरुले आफ्नी आमाको फोटो हरु राख्दै आमाका निम्ती माया, प्रेरणा, गित, गजल बाट आमाका नाममा र आमाको सेवामा हिजो को दिनलाई खर्चिए ! आमा लाई पुज्ने यही एउटा दिन छ ! बाँकी अरु दिनहरुमा विभिन्न कार्यव्यस्तता ले कतिले आमा बुवालाई समय दिनसक्नुभएको छैन होला यो बाध्यता बेग्लै छ ! तर हिजोको यही एक दिन पनि कति जनाले आमाका लागी छुट्याउन सकेनन ! उनीहरुले अरु नै कुराहरुलाई महत्व दिए ! आमा नभए किन आमाको लागी फेसबुकमा लेखिरहनु पर्यो ? भन्ने कसैको धारणा छ भने – आमा नभएको भए तिमी आज यो धरतीमा हुदैनथियौ ! कल्पनासम्म पनि गर्न सकिदैन कि आमा छैनन भनेर, आमा सधै छिन… म जबजब “चाँदीको घेरा” लेखक श्री नरेश भण्डारी ज्यु ले लेख्नुभएका यी शब्दहरु याद गर्छु ! त्यो बेला मेरो शिर आमाको लागी आफै झुक्न पुग्दछ !

“आमाको काख भन्दा अर्को ठुलो कुनै दुनियाँ भेटिनँ.. आमाको महानतालाई जोख्ने तराजु कहीँ कतै पाइँन …।।” ए बाबा आमाहरूको फेसबुक होस् या नहोस हिजोको एक दिन त आमाको बारेमा १/२ शब्द खर्चेर के नै बिग्रिन्थ्यो र ? सधै आफ्नै सेल्फी , सधै आफ्नै दैनिकी खाएको, पिएको, घुमेंको राजनितिक कुराहरु गरेको मात्रै राख्नु पर्ने आबस्यक्ता थियो जस्तो लाग्दैन ! आमाको फेसबुक नभए पनि छिमेकी परिवार आफन्त हरुले त आमालाई सुनाइदेलान् नि , आमा आज हजुरका छोरा छोरीले हजुरको फोटो टासेका छन !

यस्तो गज्जब लेखेका छन् भनेर , अनि छोरा छोरीले लेखेका भाबना हरु सुन्दा बिचरा फेसबुक नभएका आमाहरू आखा भरी आशु पार्दै , ए हो र भन्दै ……… यसरी मन भित्रै बाट छोरा छोरीका यादमा रून्छन् पनि आशिर्बाद पनि दिन्छन् – जो हामी जस्ता प्रबासमा हुने छोराछोरीहरूका लागी … सँगै हुने छोराछोरीहरू ले आफनो आमा बुवालाई यसो मठ मन्दिर गुम्बा लैजानुस , फलफुल म:म सेकुवा खुवाउनुस, आमाबुवा लाई मन पर्ने कपडा किनिदिनुस ! आमा बुवा अर्थात आफनो भगवान खुशी भए पो हामीलाई नि खुशी मिल्ने हो ! त्यसैले सधै खुशी र सुखी बनाउने कोशिस गरौ…

LEAVE A REPLY