गायक भरत सिटौलाको ‘चिसो चिसो’ बोलको गीत सार्वजनिक

0
716

काठमाडौं पौष २५ शिव पौडेल ,

गायक भरत सिटौलाले नयाँ गीत ‘चिसो चिसो’ बोलको सार्वजनिक गरेका छन । गायक सिटौला भन्छन मौसम सुहाउदो गीत बनायर श्रोता दर्शक माझ सार्वजनिक गरेको छु हेरौ कतिको सफल हुनसक्छु ।

गीतमा शब्द र संगीत पनि गायक स्वयमकै छ । संगीत संयोजन शैलेन्द्र प्रधानको रहेको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । म्युजिक भिडियो विभोर पोखरेलले निर्देशन गरेका छन ।

“वैंशमा पनि मैले निकै मेहनत गरेर मेरा स्रोता र दर्शकका लागि यो गीत निकालेको छु,” गायक सिटौलाले भने, “आशा छ यसलाई पनि मन पराइदिनुहुनेछ ।”
केही वर्ष सञ्चार कर्ममा रहेका सिटौला ‘वैंशमा’ बोलको गीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा करिव एक वर्ष अगाडि कमब्याक गरेका हुन ।

LEAVE A REPLY