अमिलो रसैले साँध्न खोजेपछि गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

0
428

काठमाण्डौ -भाद्र २५ , पछिल्लो समय देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रमहरुमा व्यस्त गायीका भिमू गुरुङको “अमिलो रसैले” बोलको लोकदोहोरी गीत भर्खरै मात्र सार्वजनिक भएको छ ।

टिपौँ कि फूल ट्याप्पै, भेट भो रोधिघरमा लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेकी भिमूले दर्जनौँ लोक तथा दोहोरी गीतहरुमा आवाज भरिसकेकी छन् भने भर्खरै मात्र अहिलेका चर्चित गायक रामजी खाँणसँगको आवाज सहकार्यमा अमिलो रसैले गीत बजारमा ल्याएकि छन् । आशिष म्युजिक प्रा.ली.को प्रस्तुती रहेको यस गीतमा घनश्याम रिजालको शब्द, रामजी खाँणको लय रहेको छ भने आवाजमा भिमूलाई उनै चर्चित गायक रामजी खाँणले साथ दिएका छन् ।

चर्चाको शिखरमा लम्किँदै गरेकी नायीका करिष्मा ढकाल र रामजी खाँणको अभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन अहिलेका लोकप्रिय निर्देशक बब्बु थापाले गरेका छन् भने यस गीतको भिडियो एकता फिल्म्सले निर्माण गरेको छ ।
हेरौँ  भिडियो

LEAVE A REPLY